(१) कुनै आकस्मिक कामको लागि आकस्मिक कोषबाट खर्चको निकासाको माग गर्दा पेश्की माग गर्ने अधिकारीले देहायका विवरण खोली अर्थ मन्त्रालय मार्फत माग गर्नु पर्नेछः–
(क) आकस्मिक कामको विवरण, खर्चको आवश्यकता र चाहिएको रकम,
(ख) थप खर्च मागिएको भए त्यसको कारण र चाहिने रकम,
(ग) आकस्मिक काम पछि सार्न नसकिने कारण,
(घ) तुरून्त खर्च नगरेमा हुने परिणामको सङ्केत ,
(ङ) कति अवधिसम्मको लागि खर्च चाहिने हो त्यसको संभाव्यता,
(च) आकस्मिक कोषको रकम खर्च गर्ने अधिकृत र निजको कार्यालय ।
(२) उपनियम (१) बमोजिम आकस्मिक कोषबाट खर्चको माग भएकोमा अर्थ मन्त्रालयले नियम ३ को उपनियम (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्मा पेश गरी निकासा भए बमोजिम आकस्मिक कोषबाट पेश्कीको रूपमा रकम दिइनेछ र यसरी रकम दिएपछि अर्थ मन्त्रालयले त्यसको सूचना महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ ।